Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भद्रकाली मन्दिरलाई नेवारी शैलीमा निर्माण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई नेवारी शैलीमा निर्माण गर्ने भएको छ ।

महानगरका मेयर बालेन शाहले बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत 'विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा' मन्दिरको निर्माणको काम थालिएको जानकारी गराएका हुन् ।

'मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुईवटा ुब्लकु आपसमा जोडिएका हुनेछन् । यस्तै, दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीनवटा ब्लक हुनेछन् । यिनीहरू पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ,' बालेनले उल्लेख गरेका छन् ।

स्थानीय र पुरातत्त्व विभागले मन्दिरलाई बेलायती शैलीमै बनाउन माग गरे पनि आफूहरूले परम्परागत नेवारी शैलीमा बनाउने अडान लिएको उनको दाबी छ । 'यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने,' उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077