Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा पनि मन्त्री नबन्ने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले महामन्त्री र सांसदको काम गर्न आफूलाई भ्याई नभई रहेको बताएका हुन् ।

उनले भने, ‘पार्टी सभापति सहितका नेताहरूलाई मैले गराउनुपर्ने जानकारी गराइसकेको छु । पार्टीको महामन्त्रीको रूपमा यो बाँकी रहेको समय काम गर्छु ।’

संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर बन्ने सरकारलाई शक्तिको दुरुपयोग नगर्न सचेत गराउन पनि आफू सरकारमा जान नहुने महामन्त्री थापाको तर्क छ ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू अहिले सरकारमा नजाने स्पष्ट पारिसकेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077