Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र मन्त्रीहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री दाहालले एमाले र जनता समाजवादी पार्टीले छाडेका १० मन्त्रालय पनि सम्हाल्दै आएका छन्।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077