Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्रीकी श्रीमती भ्रष्टाचारी ठहर

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी श्रीमती गिता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो ।

धनगढी–९ स्थित शिव माविकी शिक्षिका रहेकी गिताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् ।

अख्तियारको छानविनमा त्यो नक्कली भएको देखिएपछि ७ असोज २०७९ मा मुद्दा दायर गरेको थियो ।

एकीकृत समाजवादीका नेता रहेका गिताका श्रीमान दीर्घ सोडारी हाल सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077