Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘निर्दलीय’ मेयर बालेन दलसँग झुके !

    ‘निर्दलीय’ मेयर बालेन दलसँग झुके !

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अन्ततः दलसँग झुकेर २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गरेका छन् । उनले मंगलबार सम्पन्न १५औं नगरसभाको पाँचौं बैठकबाट २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गरेका हुन् ।

    कार्यपालिकाको सदस्यको तर्फबाट नेपाली कांग्रेसबाट प्रवक्तासमेत रहेका वडा नं १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका ३२ नम्बर अध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीको तर्फबाट १५ नम्बरका अध्यक्ष ईश्वरमान डंगोलले १ सय ६० जना कार्यपालिकका सदस्यको सहमति लिएर २८ बुँदे संशोधन प्रस्ताव तयार गरेका थिए ।



    चौथो बैठक इन्कार गरेका मेयर साहले मंगलबार सम्पन्न पाँचौं बैठकमा संशोधन प्रस्ताव स्वीकार गरेका थिए । कार्यपालिका सदस्य एवं प्रवक्ता मानन्धरले हिजो बुधबार मेयर साहले कार्यपालिकाले तयार गरेको २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्ने बताएका थिए ।



    तर, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले केही बुँदामा मात्र संशोधन भएको दाबी गरे । उनले भने– ‘संशोधन गरिरहेका छौं, केही दिनमा जानकारी होला।’ उनले प्रवक्ताले दिएको विषयमा समेत प्रस्ट जानकारी दिएनन् ।

    यसअघि मेयर साहले नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीले अघि सारेको संशोधन प्रस्तावलाई ठाडै अस्वीकार गर्दै दलमाथि कडा आलोचना गरेका थिए ।

    उनले पार्टीको नामबाट जोडिएका नेताको नाममा बजेट व्यवस्थापन गर्न नसक्ने समेत चेतावनी दिएका थिए । ‘अन्ततः मेयर साहले दलको प्रस्ताव स्वीकार गर्नुभएको छ, निर्दलीय मेयर साह दलसँग झुक्नुभएको छ’ –कामपा २२ का अध्यक्ष चिनीकाजी महर्जनले भने । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार