Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीले लिने विश्वासको मतबारे निर्णय हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक बस्न लागेको हो ।

उनका अनुसार बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी पक्ष वा विपक्षमा निर्णय लिनेछ। बैठकले थप रणनीति तय गर्ने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले, जसपा र नागरिक उन्मुक्तिले फिर्ता लिएका छन् । अहिले सरकारमा माओवादी केन्द्र,एकीकृत समाजवादी, रास्वपा रहेका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएर मन्त्रीले समेत राजीनामा दिएपछि शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077