काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साहसहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बन गरेको छ।
गत असार २० गते बिहीबार बसेको जनमत पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो।
निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साह लगायत छन्।
उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुने जनमत पार्टीले जनाएको छ ।