Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • रामेछापमा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते

    रामेछापमा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 225
    SHARES

    फाइल तस्विर

    रामेछाप । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मंगलबार भएको उक्त दुर्घटनामा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।



    मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् ।



    घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार