Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीलाई एमाले सांसदको जवाफ - संविधानकै धाराबाट सरकार बन्छ, बालाजु बाइस धाराबाट होइन

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले संविधानको धाराबाटै नयाँ सरकार बन्ने बताएका छन्।

सांसद रिजालले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

माओवादी सांसदले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) मा जाने जिकिर गरेका थिए।

त्यसको जवाफ फर्काउदैं सांसद रिजालले भने, ‘संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको बाइस धाराबाट सरकार बन्दैन।’

प्रधानमन्त्री प्रचण्डको कार्यशैलीकै कारण पटकपटक गठबन्धन फेरिएको उनले बताए ।

वामपन्थी र कांग्रेस मिलेर जाँदा देशमा ठूला परिवर्तन भएको स्मरण गर्दै संविधान संशोधनका लागि सहमति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077