Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या

गाजा । इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको छ । यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी छ ।

चारैतिर (हवाई, जमिन र समुद्र) बाट लगातार हवाई हमला र बमबारी, हत्या, घाइते र हजारौँविरुद्ध नरसंहार जारी राखेको छ । रासस क्युएनए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077