Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् ।

बालकोटामा रहेको मनोजको घरमा चाबी लगाउन पुगेकी मिनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनी केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी थिईन् ।

उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।

मनोज घरमा नभएको समय युवाहरूको समुह लिएर ८५ वर्षकी गजुरेलकी आमालाई लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर मिनाले यो पल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077