Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको मेघालयमा चारजना नेपालीको घाँटी रेटेर हत्या

काठमाडौं । भारतको मेघालयमा चारजना नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका चारजना मजदुरको हत्या गरिएको हो ।

त्यहाँको प्रहरीका अनुसार शनिबार उम्प्लेङ बजार पछाडि चार शव फेला परेका थिए । पूर्वी जैन्तिया हिल्स (ईजेएच) मा स्थानीय अधिकारीहरूले विशेष अनुसन्धान टोली (एसआईटी) मार्फत घटनाको छानबिन गरिरहेको बताएका छन् ।

अपराधको अनुसन्धानलाई तीव्रता दिइएको बताइएको छ । हालसम्म प्राप्त विवरणअनुसार मृत्यु हुनेमा नेपालको इलाम घर भएका २३ वर्षीय रवि राई पनि छन्। अन्यको भने सनाखत हुन बाँकी छ ।

हाल शवहरू पोस्टमार्टमका लागि सिभिल अस्पताल, खिल्हरियात लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077