Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • भारतको मेघालयमा चारजना नेपालीको घाँटी रेटेर हत्या

    भारतको मेघालयमा चारजना नेपालीको घाँटी रेटेर हत्या

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतको मेघालयमा चारजना नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका चारजना मजदुरको हत्या गरिएको हो ।

    त्यहाँको प्रहरीका अनुसार शनिबार उम्प्लेङ बजार पछाडि चार शव फेला परेका थिए । पूर्वी जैन्तिया हिल्स (ईजेएच) मा स्थानीय अधिकारीहरूले विशेष अनुसन्धान टोली (एसआईटी) मार्फत घटनाको छानबिन गरिरहेको बताएका छन् ।



    अपराधको अनुसन्धानलाई तीव्रता दिइएको बताइएको छ । हालसम्म प्राप्त विवरणअनुसार मृत्यु हुनेमा नेपालको इलाम घर भएका २३ वर्षीय रवि राई पनि छन्। अन्यको भने सनाखत हुन बाँकी छ ।



    हाल शवहरू पोस्टमार्टमका लागि सिभिल अस्पताल, खिल्हरियात लगिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार