Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • काठमाडौँका बस्ति डुबानमा परेपछि ओलीलाई बालेनको प्रश्न – ठूलो दुर्घटना कुर्दै बस्ने हो ?

    काठमाडौँका बस्ति डुबानमा परेपछि ओलीलाई बालेनको प्रश्न – ठूलो दुर्घटना कुर्दै बस्ने हो ?

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 918
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

    काठमाडौँका केही बस्ति डुबानमा परेपछि शनिबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेन ओलीविरुद्ध खनिएका हुन् । उनले काठमाडौँको खोला किनारमा बस्नेहरुलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको उनको आरोप छ ।



    ‘आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो,’ उनले लेखेका छन्, ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’



    उनले काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका तथ्यांक समेत पेश गरेका छन् ।

    ‘गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु,’ उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार