Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय [सूचीसहित]

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय गरेको छ ।

गत सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

त्यस्तै २०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २०८१ असार २४ देखि साउन १ सम्मको लागि सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँललाई स्वीकृति प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077