Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधनमा श्रम आयोगको व्यवस्था हुन्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताएका छन् ।

स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जिपी कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘शान्ति र क्रान्तिका नायक जिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था भएको श्रम आयोगको आवश्यकता अहिले पनि उत्तिकै आवश्यक रहेकामा जोड दिए ।

“अन्तरिम संविधानमा गिरिजाबाबुकै कारण श्रम आयोगको व्यवस्था गरिएको थियो, २०७२ सालमा संविधानसभाबाट जारी भएको संविधानमा जातीय आयोगको व्यवस्था गर्न सकिए पनि श्रम आयोग छुटेको हो, मैले त्यसबेला पनि श्रम आयोगको व्यवस्था गर्न पहल गरेको हुँ तर सकिएन, अब यसमा सहमति जुट्ने विश्वास छ,” नेता कोइरालाले भने ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077