Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीका कर्मचारीलाई चक्कु देखाएर लुट्ने दुई जना पक्राउ

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्थाका कर्मचारीलाई चक्‍कु देखाएर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मुड्खु भञ्ज्याङ नजिकै सहकारीका कर्मचारी संगिता रोक्कालाई चक्कु देखाएर लुटेको आरोपमा प्रहरी वृत्त बालाजुको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका वडा नम्बर ५ मुड्खुका ३३ वर्षीय सरोज परियार र रसुवा घर भई डल्लु बस्ने २३ वर्षीय संगम तामाङ छन्।

संगिताले सहकारीको बचत तथा कर्जा बापत विभिन्न ठाउँबाट २ लाख ८ हजार ६ सय रुपैयाँ लिएर फर्किँदै थिइन्।

उनी मुड्खु बतासेडाँडा पुग्दा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले चक्कु देखाएर उक्त रकम लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

एक लाख ३९ हजार ५ सय रुपैयाँ बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077