Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यही वर्ष नयाँ राजनीतिक दल खोल्ने हर्क साम्पाङको घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यही वर्षभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।

साम्पाङले गए राति फेसबुकमा लेखेका छन्,'८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ ! मन परे साथ दिएर जोडिनु होला।'

उनले आफूहरूले बनाउने नयाँ शक्तिलाई मन परे साथ दिन पनि आह्वान गरेका छन् ।

धरान उपमहानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि साम्पाङको चर्चा चुलिएको थियो ।

विभिन्न समयमा चर्चा र विवादमा उत्तिकै पर्दै आएका साम्पाङले धरानमा श्रम अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077