Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी अनुसन्धानबारे आज गृहसचिव र आईजीपीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दैछ ।

समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाइएको हो ।

देशभरका प्रहरी कार्यालयहरुले सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान गरिरहेकाले मुद्दाबारे जानकारी लिन उनीहरूलाई छलफलमा डाकिएको बताइएको छ ।

समितिले छानविनको दायरामा रहेका २९ वटै सहकारीका संचालकहरुलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077