Online Nepal
  • आइतबार, २३ असार २०८१
  • काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धानको कार्यालय सर्दै

    काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धानको कार्यालय सर्दै

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको अफिस सर्ने भएको छ । परिसरको भद्रकाली र अपराध अनुसन्धान कार्यालयको टेकुमा सर्न लागेको हो ।

    परिसरको भवन करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको छ । आगामी २६ असारमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सो भवनको उद्घाटन गर्ने र त्यही दिन प्रहरी सर्ने तयारी छ ।



    परिसर हाल टेकुस्थित नेपाल आयल निगमको भवनमा छ । साथै, परिसर नयाँ भवनमा सरेसँगै उसको कार्यालय रहेको टेकुस्थित कार्यालयमा अपराध अनुसन्धान कार्यालयलाई राख्ने प्रक्रिया अघि बढेको छ ।



    अपराध अनुसन्धान कार्यालय हाल मिनभवनमा भाडाको घरमा छ । उसको पनि नयाँ भवन टेकुमा निर्माण भइरहे पनि ढिलाइ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार