Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सेवानिवृत्त हुन लागेका एआईजी जोशीको प्रहरी हेडक्वाटरबाट बिदाइ

    सेवानिवृत्त हुन लागेका एआईजी जोशीको प्रहरी हेडक्वाटरबाट बिदाइ

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सेवानिवृत्त हुन लागेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई बिदाइ गरिएको छ ।

    मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त हुन लागेका जोशीलाई बिदाइ गरेका हुन् ।



    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामनासहित बिदाइ गरेका थिए ।



    सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।

    प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकाश हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार