Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा छ : प्रधानमन्त्री नेतान्याहु

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूले आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गरे।

नेतान्याहुको कार्यालयका अनुसार, उहाँले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो ।

राफाह लडाईमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।

सोमबार पनि, इजरायली रक्षा बल (आईडीएफ)ले पूर्वी खान युनूसबाट नागरिकहरूको सामूहिक निकासीको आदेश दिए सँगै दक्षिणी गाजन सहरमा सम्भवतः यस क्षेत्रमा पुनः समूहबद्ध भएका हमास सेनाहरूसँग लड्नका लागि स्थल सेनाहरूले चाँडै आफ्नो आक्रमणहरू पुनः सुरु गर्न सक्ने सङ्केत गरेको छ ।

इजरायलले अप्रिलको सुरुमा खान युनूसमा ठुलो मात्रामा आक्रमण गर्यो र पछि आफ्नो अधिकांश सेना फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077