Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि सभापति देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन्।

देउवा निवास बूढानीलकण्ठमा मंगलबार साँझ बैठक बस्नेछ ।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।

यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो ।

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077