Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रचण्डलक्षित बाबुरामको व्यङ्ग्य – सबैलाई केहीबेर ठग्न सकिन्छ तर, सधैँभरि सकिन्न!

    प्रचण्डलक्षित बाबुरामको व्यङ्ग्य – सबैलाई केहीबेर ठग्न सकिन्छ तर, सधैँभरि सकिन्न!

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 447
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका छन् ।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अध्यक्ष भट्टराईले यस्तो व्यंग्य गरेका हुन् ।



    सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिँदै उनले सत्ता टिकाउन समीकरण फेरिरहने प्रचण्डप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरे ।



    अध्यक्ष भट्टराईले प्रचण्डप्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’

    दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ ।

    कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो ।

    संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार