Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुरानै सदस्य राखेर नयाँ समिति गठन

काठमाडौं । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोटका लागि सरकारले पुनः पुरानै सदस्य रहने गरी नयाँ समिति गठन गरेको छ ।

नियुक्तिको पुरानो प्रक्रिया रद्द भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको हो ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधुकुमार मरासिनी र अर्का सदस्यका रूपमा उदय निरौला रहेका छन् ।

शुक्रवार बसेको पुरानो समितिको बैठकले प्रक्रिया रद्द हुने निर्णय गरेको थियो । अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत लगातार भएको २ पटकको प्रस्तुतीकरणमा ३ जना दुवै पटक अनुपस्थित भएका थिए ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि ६ महिना अघि समिति गठन गरेर प्रक्रिया थालिएको थियो । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077