Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • रोल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ घाइते

    रोल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ घाइते

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 633
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ । जिल्लाको पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी गाउँपालिका-२ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हुँदा घटना स्थलमै ५ जनाको मृृत्यु भएको हो ।



    उपचारका लागि उद्धार गरी घर्तिगाउँ समृती हस्पिटलमा लगिएका एकजना घाइतेको मृत्यु गएको छ । घाइते ५ जनालाई रेउघा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार