Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ । जिल्लाको पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी गाउँपालिका-२ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हुँदा घटना स्थलमै ५ जनाको मृृत्यु भएको हो ।

उपचारका लागि उद्धार गरी घर्तिगाउँ समृती हस्पिटलमा लगिएका एकजना घाइतेको मृत्यु गएको छ । घाइते ५ जनालाई रेउघा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077