Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अछामका डीएसपी पाठकको सरुवा, भण्डारी आउने

    अछामका डीएसपी पाठकको सरुवा, भण्डारी आउने

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 4.3K
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले उनको हेडक्वाटरमा काज सरुवा गरेको हो । उनी गत वर्षको असार १० गते यहाँ हाजिर भएका थिए । उनी अछाममा एक वर्ष बसेर हेडक्वाटरमा सरुवा भएका हुन् ।



    अब उनको स्थानमा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारी आउने भएका छन् । यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय अछामबाट डीएसपी पाठकलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको छ ।



    साथै उनको नयाँ कार्यक्षेत्रमा कार्यकाल, व्यक्तिगत र व्यवसायी जीवन सफल, समृद्धिको लागि कामना पनि गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार