Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जोगीको भेषमा चोरी गर्ने दुई भारतीय पक्राउ

काठमाडौं । प्रहरीले जोगीको भेषमा लुटपाट गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बौद्धस्थित नयाँबस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् ।

उनीहरूले काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका थिए ।

उनीहरू दुवै जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भीख माग्ने बहाना बनाएर पीडितको घरमा आएका देवु र जेलिना ती महिलाले कानमा लगाएको सुनको रिङ लुटेर भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077