Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • जोगीको भेषमा चोरी गर्ने दुई भारतीय पक्राउ

    जोगीको भेषमा चोरी गर्ने दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 324
    SHARES

    काठमाडौं । प्रहरीले जोगीको भेषमा लुटपाट गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बौद्धस्थित नयाँबस्तीबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् ।



    उनीहरूले काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका थिए ।

    उनीहरू दुवै जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    भीख माग्ने बहाना बनाएर पीडितको घरमा आएका देवु र जेलिना ती महिलाले कानमा लगाएको सुनको रिङ लुटेर भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार