Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'अब बजेट अभावले सुदूरपश्चिमका अस्पतालमा औषधी र कर्मचारी व्यवस्थापनमा समस्या हुँदैन'

कैलाली । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट 'सरल'ले सुदूरपश्चिमका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भाटले अस्पताललाई बजेट अभाव हुन नदिने र बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने दाबी गरे। यस्तै उनले महत्वपूर्ण कुराका रुपमा रहेको ओएनएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए।

उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएनएम गराइछाड्ने जिकिर गरे। त्यस्तै उनले आगामी दिनमा आउनसक्ने विपद् जोखिमको पूर्व तयारीका लागि पनि प्रदेशका सबै अस्पताललाई तयारी गर्न निर्देशन दिएका छन्। जसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाई छ।

सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरु सहभागी थिए । उनीहरूले प्रदेश सरकारको इतिहासमै सामाजिक विकास मन्त्रीले पहिलोपटक अध्यक्ष र मेसुहरुलाई बोलाएर सामूहिक छलफल गराएको भन्दै मन्त्रीको प्रशंसासमेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077