Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेलम्ची नदीमा महिलाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा एक महिलाको शव फेला परेको छ ।

बिहीबार बिहान २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिए ।

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग बुधबार काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२, चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडौं पठाइएको तिमिल्सेना जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077