Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सांसद खनालले भने - महामन्त्री ढकालको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले महामन्त्री डा.मुकुल ढकालले बुझाएको समीक्षा प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरिने बताएका छन्।

संघीय संसद भवन परिसरमा बोल्दै सांसद खनालले महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनको गम्भीरताका साथ अध्ययन हुने बताएका हुन्।

उनले पार्टी कमजोर भयो कि भन्ने आवाज उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए।

सांसद खनालले भने,‘हामी कमजोर भयौँ कि भन्ने आवाज पार्टीभित्रै पनि उठेको छ। महामन्त्रीले जुन प्रतिवेदन सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर उहाँलाई खटाएको थियो।’

महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउन नै यात्रामा पठाइएको र प्राप्त प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरेर निष्कर्ष निकालिने खनालले बताए।

अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि थप प्रतिक्रिया दिनु उपयुक्त हुने सांसद खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077