Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुथी र इराकी सैनिकद्धारा इजरायलमाथि ड्रोन आक्रमण

एजेन्सी । यमनको हुथी समूहले इराकी लडाकूसँगको सहकार्यमा इजरायली बन्दरगाहमा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको छ ।

इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज ’एमएससी मान्जानिलो’लाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको हो ।

आक्रमणले पूर्ण सफलता हासिल गरेको हुथी सैन्य प्रवक्ता याह्या सारियाले बताएका छन् । उनले प्यालेस्टाइनमा इजरायली आक्रमणको अन्त्य र गाजामा नाकाबन्दी हटाउन माग गरे।

इजरायली अधिकारीहरूले अहिलेसम्म कथित हुथी आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।

साथै संयुक्त राज्य सामुद्रिक व्यापार अपरेसनले बुधवार यमनको बन्दरगाह सहर एडेनको दक्षिणमा एउटा व्यापारी जहाज नजिकै पनि मिसाइल विस्फोट भएको थियो ।

रिपोर्टले चालक दललाई कुनै चोटपटक नलागेको र जहाजले आफ्नो यात्रा जारी राखेको संकेत गरेको छ ।

नोभेम्बर २०२३ देखि हुथीहरूले गाजा द्वन्द्वमा प्यालेस्टिनी समर्थनको दाबी गर्दै ढुवानी जहाजहरुमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077