Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता प्रदीप पौडेलले चक्रपथ विस्तारका लागि दबाब यात्रा गर्ने

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले चक्रपथको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन्।

उनले रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कामले गति नलिएको र बेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताए।

काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको पौडेलको भनाइ छ।

सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्रा गर्ने बताए ।

उनले पन्ध्र गते बिहान ७ बजे कलंकी चोकबाट यात्रा सुरु गरेर स्वयम्भू, बालाजु, बसपार्क–वसुन्धरा हुँदै चाबहिल धोबिखोला पुलमा पुगी सम्बोधन सहित समापन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077