Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • यस्तो छ सरकारले सार्वजनिक गर्नुअघि नै लिक भएको सुदूरपश्चिमको ‘रेड बुक’ [पूर्णपाठ]

    यस्तो छ सरकारले सार्वजनिक गर्नुअघि नै लिक भएको सुदूरपश्चिमको ‘रेड बुक’ [पूर्णपाठ]

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 2.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब बिचौलियाहरुले लिक गरेका छन् । सरकार र अर्थ मन्त्रालयले सार्वजनिक गर्नुअघि नै प्रदेश सरकारको ‘रेड बुक’ लिक भएको हो ।

    बजेट ल्याएको भोलिपल्टै अर्थ सचिवको सरुवा भएका कारण रातो किताब सार्वजनिक हुन बाँकी छ । तर बिचौलियाहरुले रातो किताब अवैध तरिकाले सार्वजनिक गरेर सामाजिक सञ्जाल, ह्वाट्सएप, म्यासेन्जरमा भाइरल गरिरहेका छन् ।



    उनीहरु रातो किताब भएको भन्दै बजेट र योजनाहरुको पिडिएफ फाइल यति बेला भाइरल गरिरहेका हुन् । सरकारले असार १ गते ल्याएको कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट छलफलकै क्रममा रहेको छ ।



    बजेट ल्याएपछि प्रदेश सभा सञ्चालन नहुदाँ बजेट पास हुन सकेको छैन् । तर रेड बुकको सफ्ट कपी भने लिक भएको छ । यस्तै रातो किताब विचौलियाहरुले लिक गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

    नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी यो गम्भीर विषय भएको बताए ।

    उनले यस विषयमा प्रदेश सरकारले छानबिन गर्नुपर्ने बताए । यस्तै प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री प्रकाशबहादुर देउवाले पनि सरकारले सार्वजनिक गर्नुअघि नै रेड बुक सार्वजनिक हुनु गम्भीर त्रुटि रहेको बताए ।

    यस्तो छ लिक भएको रेड बुक :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार