Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कलंकी ट्रेड सेन्टरमा सटर दिने भन्दै १३ करोडभन्दा बढी ठगी गर्ने ६ जना पक्राउ

    कलंकी ट्रेड सेन्टरमा सटर दिने भन्दै १३ करोडभन्दा बढी ठगी गर्ने ६ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भन्दै पैसा उठाएर पनि हस्तान्तरण नगरेको भन्दै ६ जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका–१६ का राजु महर्जन, ललितपुर कुपण्डोलका राजेशकृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका–१३ बस्ने निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ बस्ने चिरञ्जीवि पौडेल र टोखा नगरपालिका–७ बस्ने शान्तिरमण पंगेनी रहेका छन् ।



    उनीहरुले डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

    कलंकी ट्रेड सेन्टरका ब्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी भएको भन्दै भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार