Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले ल्यायो २५ अर्ब बढीको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ ।

सोमबार राष्ट्रिय सभा गृहमा उपमेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार नगर सभामा बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षको लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट ल्याएको उपमेयर डंगोलले बताइन्।

चालु आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो।

उपमेयर डंगोलका अनुसार त्‍यसमध्ये असार ९ गतेसम्म ९ अर्ब ३३ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ३९ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077