Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोशी सरकार गठनविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    कोशी सरकार गठनविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 537
    SHARES

    काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ ।

    पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटलाई सर्वोच्चको पूर्ण इजलासले आज हेर्दाहेर्दैमा राखेको हो ।



    ३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेर आइतबारबाट सुनुवाइ सुरु गरेको थियो ।



    सोमबार पनि बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो । सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो ।

    सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए ।

    भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।

    जवाफी बहसका लागि वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की लगायतले तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार