Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • हमासका दुई कार्यालयमा इजरायली सेनाको आक्रमण

    हमासका दुई कार्यालयमा इजरायली सेनाको आक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 492
    SHARES

    एजेन्सी । इजरायली सेनाले दक्षिणी गाजामा रहेका हमासका दुई कार्यालय परिसरमा आक्रमण गगरेको छ ।

    इजरायली सेनाले हमासका दुई कार्यालयमा आक्रमण गरेर हतियारहरू कब्जा गरेको छ ।



    रफाहको तेल अल–सुल्तान छिमेकमा इजरायली सेनाले हमासको तेल अल–सुल्तान ब्रिगेडका लागि प्रशिक्षण मैदानको रूपमा काम गर्ने हमास कार्यालय परिसरमा छापा मारेको र सैनिकले हतियार भण्डारण सुविधा र धेरै सुरूङसहित ब्रिगेडका कमान्डर महमुद हमदानको कार्यालय भेटिएको इजरायली रक्षा बलले जनाएको छ ।



    आईडीएफले सुरूङको जाँच गरी नष्ट गर्ने बताएको छ । परिसर क्षेत्रमा सेनाले हमासको रफाह ब्रिगेड, यासेर नेटमा रकेट र मिसाइल फायरका कमान्डरको कार्यालयमा पनि छापा मारेको छ ।

    अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासले गरेको आक्रमणमा कम्तिमा एक हजार २०० व्यक्ति मारिएका थिए भने हमासले २५२ जनालाई बन्धक बनाएको थियो ।

    आक्रमणको बदलामा इजरायलले प्यालेष्टिनी गाजा क्षेत्रमा चलाएको हवाई तथा स्थल कारबाहीमा कम्तीमा ३७ हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार