Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा

    कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 429
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताए ।



    महामन्त्री थापाले भने, ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन ।’

    महामन्त्री थापाले कांग्रेसमा योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।

    फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने महामन्त्री थापाले बताए ।

    सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाई छ ।

    उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार