Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सामान्य प्रशासनले लगायो कर्मचारी सरुवामा रोक

    सामान्य प्रशासनले लगायो कर्मचारी सरुवामा रोक

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 444
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको छ ।

    कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले अर्को सूचना नआउँदासम्मका लागि कर्मचारीको सरुवामा रोक लगाएको हो ।



    “अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।



    मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न भने नसकेको आरोप लाग्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार