Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामान्य प्रशासनले लगायो कर्मचारी सरुवामा रोक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको छ ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले अर्को सूचना नआउँदासम्मका लागि कर्मचारीको सरुवामा रोक लगाएको हो ।

“अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न भने नसकेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077