Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सडकमा हिँडिरहेका मानिसलाई दुःख दिने ६ जना तेस्रोलिङ्गीहरू पक्राउ

    सडकमा हिँडिरहेका मानिसलाई दुःख दिने ६ जना तेस्रोलिङ्गीहरू पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 648
    SHARES

    धनगढी । सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका-४ बस्ने बर्ष २५ की उर्मिला थापा, कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने बर्ष १९ की रेनु सिंह ठकुरी, गौरीगंगा नगरपालिका-५ बस्ने बर्ष १८ की पारु ठकुरी रहेकी छन् ।



    त्यस्तै, गौरीगंगा नगरपालिका- ४बर्ष १९ की अनु मगर कञ्चनपुरको पुर्नबास नगरपालिका-१० बस्ने बर्ष १९ की निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका १० बस्ने बर्ष १८ की निशा बोहरा रहेका छन् ।

    उनीहरुले चटकपुर स्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्याक हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुमाथि आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार