Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काम नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री प्रचण्डलाई गगनको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम नटेर्ने मन्त्रीहरु फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।

महामन्त्री थापाले भने,‘सरकारले दिने अनुदान कटौती गरेको छ। स्थानीय प्रमु्खले गएर प्रधानमन्त्रीलाई भेट्नु भएछ यो विषयमा, अनि १०० प्रतिशत चाहिने भन्नुपर्छ। अनि प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्। प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो, यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’

महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीलाई काम लगाउन, फेर्न नसके सिंहदरबार र बालुवाटार छोड्नुपर्ने बताए।

वडाको क्षेत्राधिकारमा पसेर बजेट विनियोजन गर्न सक्ने अनि स्रोत छैन भनेर सरकारले समानीकरण अनुदान कटौती गरेको भन्दै थापाले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077