Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बन्धकलाई फिर्ता गर्न माग गर्दै इजरायलमा विरोध प्रदर्शन

एजेन्सी । इजरायलमा नयाँ चुनावको माग गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा विरोधी प्रदर्शन गरेका छन् ।

चुनाव गर्न र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेका हुन् ।

सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका थिए ।

केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।

मुख्य ¥याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा रहेको इजरायली प्रधानमन्त्री नेतान्याहुको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रिटमा पदयात्रा गरे ।

प्रदर्शनकारीले नेतान्याहुको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महिनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करिब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

‘होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले देशभरि ¥याली आयोजना गरेको छ । उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरिएको छ ।

अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा रहेका छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ । युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077