Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • भौतिकमन्त्री महासेठले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्ब बजेट लगेको गगन थापाको दाबी

    भौतिकमन्त्री महासेठले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्ब बजेट लगेको गगन थापाको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 951
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलेले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा बजेट हालेको दाबी गरेका छन् ।

    नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।



    उनले एमालेबाट उपप्रधानमन्त्री बनेका महासेठलेले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा बजेट हालेको दाबी गरे । यस्तै महामन्त्री थापाले मुलुकलाई अघि बढाउने सबालमा प्रधानमन्त्री कमजोर देखिएको बताए ।



    आफ्नै मन्त्रपरिषद्‍मा प्रधानमन्त्री कमजोर देखिएको र उपप्रधानमन्त्री र मन्त्रीहरूले नटेरेको उनको आरोप छ । केही मन्त्रीहरूले खल्तीमै राजीनामा पत्र बोकेको भन्दै प्रधानमन्त्रीलाई धम्की दिने गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार