Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुक संकटग्रस्त अवस्थामा पुग्यो, वर्तमान सरकार आफैं ढल्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् ।

शनिबार बिराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्‍घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए ।

यस्तै उनले वर्तमान सरकार आफैं ढल्ने दाबी गरे । नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077