Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मक्कामा एक हजार भन्दा बढि हजयात्रीहरूको मृत्यु

एजेन्सी । साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ।

हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।

शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ।

तर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या एक हजार नाघ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

साउदी अरब र इजिप्टले अहिलेसम्म मृतकको संख्या सार्वजनिक नगरेकाले सो संख्या बढ्ने सम्भावना छ।

मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ।

पुष्टि भएको मध्ये अहिलेसम्म १४ जना मलेसियाका, १६५ जना इन्डोनेशियाका, ७५ जना जोर्डनका, ३५ जना पाकिस्तानका, ४९ जना ट्युनिसियाका, ११ जना इरानका, ९८ जना भारतका हजयात्रीको मृत्यु भएको छ।

जोर्डनका २७ जना अस्पतालमा भर्ना भएका १४ जना अझै बेपत्ता रहेका छन्। साउदीमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ।

तातो हावाका कारण आफ्नो देशका २८ हजयात्रीको मृत्यु भएको इजिप्टले विहीबार नै खुलाएको थियो।

अत्यधिक गर्मीका कारण हृदयाघात, निमोनिया र रगतमा संक्रमण जस्ता समस्याहरू देखिएपछि हजयात्रीहरूको ज्यान गएको ‍मलेसियाका धार्मिक मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077