Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 978
    SHARES

    फाइल तस्विर

    झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१० निवासी राजीव दनुवारको मृत्यु भएको हो ।



    दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।



    मेचीनगर नगरपालिका वडा नम्बर–१५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान अन्दाजी ३:३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

    त्यस्तै मेचीनगर–१० निवासी अभिषेक राई र सोही ठाउँका विवेक दनुवार पनि गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार