Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीपहिरोले मकालुमा २४ घर विस्थापित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–६, सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।

एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

उच्च जोखिममा परेका ती परिवारहरूलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन ।

क्षतिको विवरण संकलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ ।

भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ । सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077