Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपालाई बाबुरामको सुझाव - पुराना दलसँग लसपस नगर्नू, पार्टी समाप्त हुनसक्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना पार्टीहरूसँग लसपस नगर्न सुझाव दिएका छन् ।

शुक्रबार रास्वपाको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले पुराना पार्टीहरूसँग लसपस गरिरहे रास्वपा समाप्त हुनसक्ने खतरा औंल्याए ।

अध्यक्ष भट्टराईले पुराना दलहरूसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रूपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए ।

उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077