Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । नेपाली कांग्रेसले अवरोध गरेपछि लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ ।

जनतामैत्री र संघीयता विरोधी बजेट आएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो।

संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने बताए ।

दलको नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू आ९आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।

संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077