Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सत्ता गठबन्धनमा मिल्यो राजदूत भागबण्डा : ८ एमाले, १ माओवादी, २ रास्वपा !

    सत्ता गठबन्धनमा मिल्यो राजदूत भागबण्डा : ८ एमाले, १ माओवादी, २ रास्वपा !

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 4.2K
    SHARES

    काठमाडौं । राजदूतको भागबण्डाबारे सत्तारुढ गठबन्धनमा मोटामोटी सहमति जुटेको छ ।

    बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूतबारे सहमति जुटेको हो ।



    स्रोतका अनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।



    यसअघि फिर्ता बोलाउँदा माओवादी निकटका राजदूतलाई छाडिएकाले अहिले एमालेले बढी भाग पाउने गरी सहमति गरिएको बताइएको छ ।

    जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार